दफा ३३६
गुठी सम्पत्ति नोक्सानी हुनबाट रोक्नु पर्ने

(१) हितग्राहीको हित प्रतिकूल वा गुठीको उद्देश्य विपरीत हुने गरी गुठीको विनाश गर्ने, अन्त्य गर्ने वा अन्य कुनैकिसिमले नोक्सानी गर्ने काम हुन दिनबाट रोक्ने दायित्व गुठी सञ्चालकको हुनेछ ।
(२) गुठीको सम्पत्ति उपयुक्त ढंगबाट व्यवस्थापन नभएमा, ठगी वा जालसाजी भएमा, हिनामिना भएमा वा गुठीको उद्देश्य पूरानगरी गुठी सम्पत्तिको अन्यत्र उपयोग भएमा कुनै संस्थापक वा हितग्राहीले संस्थापनापत्रमा उल्लिखित व्यवस्थाकोअधीनमा रही गुठी सम्पत्ति त्यसरी हिनामिना हुनबाट रोक्न अदालतमा उजुरी गर्न सक्नेछ ।तर सार्वजनिक गुठीकोहकमा जोसुकैले पनि उजुरी गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम परेको उजुरी बमोजिम गुठी सम्पत्ति व्यवस्थापन नभएको, ठगी, जालसाज वा हिनामिना भएको वा अन्यत्रउपयोग भएको ठहर भएमा अदालतले हिनामिना गर्नेबाट बिगो असुल उपर गर्नेछ र गुठी सञ्चालकले त्यसरी हिनामिना गरेकोरहेछ भने निजबाट त्यस वापत क्षतिपूर्ति समेत भराउन सक्नेछ ।